1st choice of students and parents of province no.1 : Itahari Namuna College, Itahari

ईटहरी । स्वदेश तथा विदेशमा होटल म्यानेजमेन्टको माग तिब्र रुपमा भइरहेका बेला इटहरीमा पहिलोपटक पढाई हुने भएको छ । विभिन्न शैक्षिक प्रतिष्ठानले छोटो समयको सीपमूलक तालिम सञ्चालन गदैं आएपनि औपचारिक रुपमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धन लिएर स्नातक तहमा नमूना कलेजले कक्षा सुरु गर्न लागेको हो ।

नमूना कलेजमै स्नातक तहमा कम्प्यूटर साइन्स बिषयमा पनि भर्ना खुलेको छ ।प्राविधिक सीपमूलक विषयको माग बढेकोमा कलेजले त्रिभुवन विश्वविद्यालयकै सम्बन्धनमा कम्प्यूटर साइन्समा भर्ना खोलेको हो । यसका लागि यसअघि कक्षा ११ र १२ मा साइन्स पढेकाले मात्र भर्ना हुन पाउने व्यवस्था थियो । तर, यो बिषयका लागि अब जुनसुकै बिषयमा कक्षा ११ र १२ पुरा गरेकाले भर्ना हुन पाउने छन् । जसले गर्दा विद्यार्थीले अब प्राविधिक सीपमूलक बिषयमा पनि नयाँ अवसर प्राप्त गर्ने नमूना कलेजका अध्यक्ष केशव खड्काले बताएका छन ।

Comments